Saturday, July 4
Shadow

Day: June 6, 2020

पशुपतिनाथले सबैको मनोकामना पुरा गरुन, २०७७ ज्येष्ठ २५ गते देखी ज्येष्ठ ३१ गतेसम्मको साप्ताहिक राशिफल !

पशुपतिनाथले सबैको मनोकामना पुरा गरुन, २०७७ ज्येष्ठ २५ गते देखी ज्येष्ठ ३१ गतेसम्मको साप्ताहिक राशिफल !

राशिफल
२०७७ ज्येष्ठ २५ गते देखी ज्येष्ठ ३१ गतेसम्मको साप्ताहिक राशिफल (ज्यो.प.सरोज घिमिरे)मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साताको प्रारम्भमा पुरानो लगानि उठाउन समयले बिशेष साथ दिनेछ । ब्यपार ब्यवसायका क्षेत्रमा नयाँ लगानि नगर्नुनै उत्तम रहनेछ । परीवारका सदस्यहरुबाट टाढाँ भएको महसुस रहनेछ । बिश्वासिला ब्यत्तिहरुबाट धोका हुन सक्ने सम्भाबना रहेकोछ । स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । गरीरहेको कार्यमा सामान्य ढिलाईको योग रहनेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । साजेदारीमुलक कार्यमा साबधानि अपनाउनु राम्रो रहनेछ । साताको अन्त्य तिर सामान्य वादबिवादको झमेलामा फस्न सक्ने सम्भाबना रहेकोछ । आफन्तजनबिचको सम्बन्धमा समेत सामान्य तिक्तता उत्पन्नहुनेछ । कार्य क्षेत्रमा गोप्यता अपनाउनु उत्तम रहनेछ । खानपानको गडबढीका कारण स्वास्थमा सामान्य स
“झिमिक्क आँखा झिम्काउने प्रि’याको धमाकेदार ‘लकडाउन डान्स’ भाइरल”(भिडियोसहित)

“झिमिक्क आँखा झिम्काउने प्रि’याको धमाकेदार ‘लकडाउन डान्स’ भाइरल”(भिडियोसहित)

Entertainment
झिमिक्क आँखा झिम्काउने युवतीलाइ नचिन्ने युवतीलाइ नचिन्ने बिरलै छन् । फिल्म ‘उरु आदर लव’ को ‘मनकिया मलेरया पुर्वी’ गीतमा आँखा झिम्क्याएर चर्चामा आएकी युवती हुन प्रिया प्रकाश । उनि लामो समयपछि सामाजिक सञ्जालमा फर्किएकी छिन् । आँखा झिम्क्याएर करोडौंलाई आफुतिर तानेकी प्रिया प्रकाश आफ्नो इन्स्टाग्राम अकाउन्ट बन्द गरेकी थिइन् । लामो समयदेखि सामाजिक सञ्जालमा नदेखिएकी उनी एक्कासी धमाकेदार कमब्याक गरेकी हुन् । उनले नृत्य गरिरहेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् । उनले पोष्ट गरेको भिडियोमा एश्वेर्य रायको फिल्म ‘ताल’ को टाइटल गीत ‘ताल से ताल मिला’ मा नृत्य गरेकी छन् । https://www.instagram.com/p/CBAoz_UgDih/?utm_source=ig_web_copy_link
“भोलिदेखि लकडाउन खुकुलो हुँदै, शैक्षिक संस्था असार १७ पछि खुल्ने”

“भोलिदेखि लकडाउन खुकुलो हुँदै, शैक्षिक संस्था असार १७ पछि खुल्ने”

News
काठमाडौं: सरकारले लकडाउनलाई खुकुलो बनाउदै लैजाने तयारी गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा काम गरिरहेको उच्चस्तरीय समन्वय समितिले जेठ २५ गतेदेखि लकडाउनको स्वरुप परिवर्तन गर्ने प्रस्ताव अगाडि सारेको हो । समितिले जिल्ला भित्र र लामो दुरीका सवारी साधन सञ्चालन गर्ने, सबै प्रकारका उद्योग तथा व्यवसाय सञ्चालन गर्ने, आन्तरिक हवाई सेवा सञ्चालन गर्न आवश्यक मापदण्ड तयार गर्ने सुझाव सरकारलाई दिएको छ । समितिले जेठ २५ गतेदेखि लकडाउनलाई खुकुलो बनाउने र असार १ गतेदेखि अधिकांश क्षेत्र निश्चित मापदण्ड पालना गर्दै सञ्चालन गर्न दिने गरी लकडाउनको स्वरुप परिवर्तन गर्ने सुझाव दिएको हो । सरकारले समितिको सुझाव कार्यान्वयन गर्ने निर्णय गरेको खण्डमा असार १ गतेदेखि लकडाउन केवल सामाजिक दुरी कायम गर्ने, सभा सम्मेलन, भोज जस्ता कार्यक्रम नगर्ने र शैक्षिक संस्था सञ्चालन नगर्ने हदसम्म मात्र कायम रहनेछ ।
कोरोना महामारीलाई लिएर धनगढीबाट आयो यस्तो डरलाग्दो खबर, मलामी गएकाहरु खोज्दै सरकार

कोरोना महामारीलाई लिएर धनगढीबाट आयो यस्तो डरलाग्दो खबर, मलामी गएकाहरु खोज्दै सरकार

समाचार
काठमाडौं । कोरोना महामारी बढ्दै गएपछि नेपालमा एक डरलाग्दो घटना घटेको छ । सेती प्रादेशिक अस्पतालमा डायलसिसका क्रममा मृत्यु भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि मलामी जानेको खोजी भइरहेको छ । धनगढी उपमहानगरपालिका ४ की ५५ वर्षीया महिलाको शुक्रबार राति डायलसिसका क्रममा मृत्यु भएको थियो । संक्रमण पुष्टि हुनुअघि नै ती महिलाको स्थानीय मोहना नदीमा दाहसंस्कार गरिएको थियो । आज मात्रै ती महिलामा कोरोना पुष्टि भएको थियो । उनी शुक्रबार नै डायलसिस गराउन अस्पताल भर्ना भएकी थिइन् । अस्पताल प्रशासनका अनुसार मृतक महिलाको आरडीटी नेगिटिभ आएको थियो । यसअघि उनी नेपालगन्ज र काठमाडौंमा डायलसिस गराउँदै आएको खुलासा भएको छ । मृत्युपछिमात्रै स्वाब संकलन गरी परीक्षण गरिएको थियो । ती महिलामा संक्रमण पुष्टि भएपछि अस्पतालको उक्त वार्ड सिल गरिएको जानकारी दिइएको छ । जिल्ला जनस्वास्थय कार्यालयका निमित्त प्रमुख ल
“श्री’मान,श्रीमतीले कोरोनालाई जितेपछि खुसीको तस्बिर सार्वजनिक गरे”

“श्री’मान,श्रीमतीले कोरोनालाई जितेपछि खुसीको तस्बिर सार्वजनिक गरे”

समाचार
बाँके जेठ २५ : पति–पत्नीले एकसाथ कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। खजुरा गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी र बाँकेका पुराना पत्रकारले कोरोना जितेपछि शनिबार घर फर्किएका हुन्। स्वास्थ्यकर्मी र पत्रकार पति–पत्नी हुन्। उनीहरुसँगै नरैनापुरमा कार्यरत प्रहरी पनि कोरोना जितेर डिस्चार्ज भएका छन्। पति–पत्नीले र स्वास्थ्यकर्मी डिस्चार्ज भएका छन्। खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेशन अस्पतालमा स्वास्थ्य लाभ गरिरहेका नरैनापुरका थप एक जना पनि शनिबार डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए। योसँगै बाँकेमा कोरोना जित्नेको संख्या ४६ पुगेको छ। भने बाँकेमा कोरोनाका कारण क्वारेन्टाइनमा बसेका एकजनाको मृत्यु भएको छ। मृतक नरैनापुरका हुन्।
“को’रोनाका कारण नेपालमा,एक महिला र पुरुषको निधन, मृतकको संख्या १३ पुग्यो” !

“को’रोनाका कारण नेपालमा,एक महिला र पुरुषको निधन, मृतकको संख्या १३ पुग्यो” !

News
कोभिड– १९ का कारणले आज थप दुई जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले डोल्पा र कैलालीमा एक÷एक जनाको कोभिड– १९ का कारणले निधन भएको जानकारी दिनुभयो उहाँका अनुसार धनगढी उपमहानगरपालिका वडा नं ४ कि ५५ वर्षीया महिला र डोल्पा जगदुल्लाका ५८ वर्षका पुरुषको कोभिड– १९ का कारण निधन भएको हो । महिलाको डायलासिस गर्दागर्दै यही जेठ २३ गते र पुरुषको जेठ २१ गते राति निधन भएको थियो । सेती प्रादेशिक अस्पतालमा मिर्गौलाको डायलासिस गराउन आएकी महिलाको निधन भएको थियो । महिलाको सेती प्रादेशिक प्रयोगशाला र पुरुषको कर्णाली विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कोभिड– १९ को सङ्क्रमण देखिएको थियो । पुरुष सुर्खेतबाट जेठ १६ गते गएर जेठ १८ गते क्वारेन्टिनमा बसेका थिए । क्वारेन्टिनमा बसेका बेला उनको निधन भएको थियो । पुरुष दमका बिराम