Wednesday, August 12
Shadow

पुरा भयो बेनिशाको रहर [फोटो-फिचर]

कोरोनाका कारण मानिसहरु घरबाट बाहिर निस्कने डराइरहेका छन् । अत्यावश्यक कामबाहेक मानिसहरू घरबाहिर निस्कन डराउँछन् । सबैलाइ थहा नै लक डाउन खुलेको हो । कोरोना हराएको होइन ।

यो बर्षको गर्मी महिना कोरोनाले गर्दा सबैका लागि खल्लो त बन्यो नै तर खास गरेर नायिकाहरूको लागि भने झनै खल्लो बन्न पुग्यो । विकिनी लगाएर फोटो सार्वजनिक गर्दै स्विमिङको मस्ती लिन पाएनन् । गएका बर्ष नायिकाहरूका स्विमिङका फोटो निकै भाइरल नै बने। तर यस बर्ष अरू नायिकाले रहर पुरा गर्न नपाएपनि बेनिशाले भने स्विमिङ गर्ने र फोटो पोष्ट गर्ने रहर पुरा गरेकी छिन् ।

कोरोनापछि बेनिशा नेपालमा छिन् । मुम्बइमा बसेर पढिरहेकी बेनिशा लकडाउन अघि नेपाल आएकी हुन् । नेपाल आएपछि घरमै रहेकी बेनिशा साथीहरुसँग जन्मदिन मनाउँदै स्विमिङ पूलमा रमाइन् । भने फ्यानका लागि स्विमिङ पूलमा स्विमिङ ड्रेस लगाएर तस्बिर पनि पस्किइन् । यी तस्बिर सामाजिक संजालमा निकै चर्चामा पनि रहे ।

Score :HimalayaDainik

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: