Saturday, July 4
Shadow

टिकटकको यस्तो भिडियोले ३ वर्ष जे’ल साढे २२ लाख ज’रिवाना !

काठमाडौं। एक हाइप्रोफाइल बेली डान्सरले सामाजिक संजालमा अनैतिक र उ’त्तेजक भिडियो पोस्ट गरेको अ’भियोगमा ३ वर्ष जे’ल र साढे २२ लाख रुपैयाँ ज’रिवानाको स’जाय पाएकी छिन् । मिश्रकी बेली डान्सर सामा एल मेसीलाई यहाँको अदालतले शनिबार ३ वर्ष जे’ल र ३ लाख इजिप्सियन पाउण्ड जरिवानाको स’जाय सुनाएको अल जजीराले जनाएको छ। उनी गएको अप्रिलमा प’क्राउ परेकी थिइन् ।

कायरोको एक अदालतले शनिबार फैसला सुनाउँदै उनीमाथि मानिसहरुसँग दु’र्व्यवहार र अनैतिकताको लागि उक्साएको आ’रोपमा स’जाय तोकेको हो । उनी अप्रिलमा सामाजिक संजालमा पोस्ट गरिएका भिडियो र तस्वीरहरुको जाँचको क्रममा प’क्राउ परेकी थिइन् । उनले आफ्ना भिडियोहरु लोकप्रिय भिडियो शेयरिङ प्लेटफर्म टिकटकमा शेयर गरेकी थिइन् । यी भिडियोमा उनले सार्वजनिक रुपमा मानिसहरुको उ’त्तेजना बढाउने काम गरेको आरो’प लगाइएको थियो ।

४२ वर्षकी यी बेली डान्सरले भने आफूमाथि लागेका आ’रोप अस्वीकार गर्दै आफूलाई निर्दोष बताएकी थिइन् । उनले आफ्नो फोनबाट ती भिडियो चो’री गरिएको र उनको सहमतिबिना सामाजिक संजालमा शेयर गरिएको बताएकी थिइन् । कायरोको अदालतले शनिबार फैसला सुनाउँदै उनले अनैतिकता फैलाउने उद्देश्यले सामाजिक संजालमा ती भिडियो शेयर गरेको बताएको छ ।

अदालतले उनले मिश्रमा परिवारको सिद्धान्त र मूल्य मान्यताको उ’ल्लंघन गरेको ठ’हर गरेको छ । अदालतको यो फैसलाको विषयमा त्यहाँको संसदका एक सदस्य जोन तलाटले भने ‘स्वतन्त्रता र भ्रा’मकतामा ठूलो अन्तर छ । एल मेसी र अन्य महिलाहरु सामाजिक संजालमा भिडियो पोस्ट गरेर पारिवारिक मूल्यहरुलाई बर्बाद गरिरहेका थिए जो संविधानको वि’रुद्ध छ ।’

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: