Wednesday, June 3
Shadow

गायिका सोना अमात्यको ‘ब्युटी लुक्स’ [फोटो फिचर]

सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायिका सोना अमात्य। दर्जनौ चर्चित गीतहरु नेपाली सांगीतिक बजारमा पस्केर लाखौ दर्शक श्रॊताहरुको मन मुटुमा बस्न सफल सोना आफैमा चर्चित तथा स्थापित नाम हो ।

काठमाडौँ महानगरपालिका डल्लुमा जन्मिएकी गायिका सोना अमात्य सानै उमेर बाट संगीतमा रुचि भएकाले छ वर्षको उमेरदेखि शास्त्रीय संगीत सिक्न थालेकी थिइन्। बाल्यकालमा पनि फुर्सद हुने बित्तिकै गीत गाउन सुरु गरिहाल्ने उनि संगीतलाई सरस्वतीको प्रसाद ठान्छिन ।

परिवारको साथ सहयोगले सांगीतिक आकाशमा फड्को मार्न सफल उनि जादुमय आवाजकी धनि छिन । बिगत ७ बर्ष देखि ब्यबसायिक सांगीतिक यात्रा सुरु गरेकी उनको गाएको पहिलो गीत ‘पल पल’ हो । यसमा उनले कलाकार मदनकृष्ण श्रेष्ठसँग गाएकी छिन् र मोडलिङ पनि उनैसँग गरेकी छिन् ।

उनको स्वर छ त्यस्तै सुन्दरता पनि । उनका सुन्दरतका कारणपनि हजाराै फ्यान उनिसँग मोहित हुने गर्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: